विराटनगर।असार ७ गतेदेखि विराटनगरमा कोशी प्रदेश स्तरीय योग खेलकुद प्रतियोगिता हुन लागेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्ड विराटनगरको सहयोगमा घनश्याम चन्द्रकला पोखरेल स्मृति प्रतिष्ठानले योग खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो। योग खेलकुद प्रतियोगिता सम्पन्न गर्न ५ लाख रुपैयाँ खर्च लाग्ने र यसरी खर्च हुने सम्पूर्ण रकम कोशी प्रदेश खेलकुद विकास बोर्डले बेहोर्ने भएको छ ।
कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार ७ गते शनिबार विराटनगरको होटेल मनास्लु ईनमा योग खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।




















