उदयपुर । उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा बुधबार विहान १४ वर्षीया वालिका र २८ वर्षीय युवकको शव फेला परेको छ ।
अमलचौरी गाउँको बाटोमा लडिरहेको अवस्थामा १४ वर्षीया मन्जु राईको शव भेटिएको हो ।
त्यहाँबाट दुई सय मिटर पर २८ वर्षीय रविन राईको शव झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालयय बेल्टारका प्रहरी निरीक्षक वविन राईले जानकारी दिएका छन्।
घटनास्थल बारे अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ ।




















