विराटनगर।नवलपरासी ,मंगलबार रातभर परेको वर्षापछि दाउन्ने राजमार्ग अवरुद्ध भएको छ । देशकै लाइफलाइन मानिने महेन्द्र राजमार्गको यो खण्डमा सामान्य वर्षा हुँदा पनि यात्रुले सास्ती व्यहोर्नु परेको छ।

ईलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाका अनुसार दाउन्नेको विश्वकर्मा मन्दिरभन्दा पूर्वतर्फका तीनवटा निर्माणधीन कल्भर्ट नजिकमा मालबहाक गाडी फसेर गएरातिदेखि नै राजमार्ग अवरुद्ध भएको छ ।

मंगलबार राति १ बजेबाट रोकिएका मालबहाक गाडी अहिलेसम्म गन्तव्यतर्फ जान सकेका छैनन् । साना गाडी सञ्चालन गर्न खोजिए पनि हिलोका कारण समस्या भइरहेको उनले बताए ।