विराटनगर । इरान-इजरायल युद्घका कारण बंकरमा बस्न बाध्य बनेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला नयाँ मार्गबाट नेपाल फर्किदै छन् । उनी इजरायलबाट जोर्डन हुँदै ओमान र त्यसपछि नेपाल आउने भएका हुन् । 

परराष्ट्र मन्त्रालयका अनुसार मेयर कोइराला नेपाली समय अनुसार आज विहान इजराइलबाट जोर्डन पुगिसकेको जानकारी दिएका छन् । मंगलबार बिहान उनी इसरायलको सेफाइमबाट जोर्डनतिर गएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले बताए ।