विराटनगर।काठमाडौ,भिजिट भिसा प्रकरणमा सत्तारुढ दल छानबिन समिति बनाउन बिहीबारको प्रयास असफल भएको छ। १३ जेठदेखि अवरुद्ध संसद बिहीबार खुल्ने अपेक्षा गरिएको थियो तर खुलेन ।
विपक्षी दल रास्वपाले समय माग गरेपछि बिहीबारको बैठक बस्न सकेको थिएन । तर, अख्तियारको छानबिन सकिएपछि समिति बन्ने र सो समिति छानबिनि नभइ अध्ययन गर्ने भनिएपछि रास्वपाले मानेको छैन ।
छानबिन समिति होइन एक खालको अध्ययन समिति भनेको छ । अख्तियारले अनुसन्धान सकाएपछि बनाउने भनेको छ । अख्तियारको अनुसन्धान कहिले सकिन्छ त ? अख्तियारले अनुसन्धान गरिरहन्छ अनि वर्षौं कुरेर बस्ने ?,’ रास्वपाका प्रमुख सचेतक सन्तोष परियाले शिलापत्रसँग भने, ‘हाम्रो सहमति यसमा छैन । अहिले विपक्षी दलहरूले पनि सहमति गरिसकेको होइन । उच्चस्तरीय छानबिन समिति तुरुन्त बन्नुपर्छ भन्ने रास्वपाको बटमलाइन हो ।’
अख्तियारले आफ्नो काम गरिराख्ने भएकाले उच्चस्तरीय समितिको टीओआरमा काम गर्न थालियो भने मात्र संसद खुल्ने उनले बताएका छन्।




















