विराटनगर।बिहीबार दिउँसो। भूमि चौहान उडान छुटेकोमा निराश भएकी थिइन्। ट्राफिक जामले गर्दा एयरपोर्ट पुग्न पाँच मिनेट ढिलो भयो। जसकारण ३० वर्षीया भूमिले लण्डनको फ्लाइट छुट्यो।

अहमदाबादबाट उडेको  केही समयपछि नै दुर्घटनाग्रस्त भयो। यस दुर्घटनामा विमानमा सवार २४१ जनाको मृत्यु भयो। र, एक जना मात्रै बाँचे।

उडानका लागि भूमि गुजरातको आफ्नो गृहनगर अंकलेश्वरबाट सडकमार्गबाट ​​आउँदै थिइन्। तर, ट्राफिक जामले गर्दा एयरपोर्टमा पाँच मिनेट ढिलो पुगिन् उनी। ढिलो भएपछि उनले अनलाइनबाट उडानको लागि चेक इन गरिन्। उनलाई उडानमा चढ्न दिइएन।

बेलायतमा पढ्ने भूमि त्यहाँ पार्ट टाइम काम समेत गर्थिन। तर, बिहेको दुइवर्षपछि उनी अंकलेश्वरमा रहेको घरमा फर्किएकी थिइन्। जहाँ उनी डेढमहिना बसेर हिजो बेलायत फर्किँन लागेकी थिइन्।  

तर, स्थानीय प्रहरी प्रमुखले जम्मा २०४ शव निकालिएको बताएका छन्। यद्यपि, यी शवको पहिचान भने हुन सकेको छैन। प्रहरीले दुर्घटनामा एक बेलायती नागरिक बाँचेको पनि जनाएको छ।