विराटनगर। अहमदाबादमा बिहीबार भएको विमान दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी आज त्यहाँ पुगेका छन् । 

सो क्रममा उनले घटनास्थलको अवलोकन गरेका थिए । त्यहाँ उनी १० मिनेट बसेका थिए भने त्यसपछि सिभिल अस्पताल पुगे, जहाँ दुर्घटनामा घाइते भएकाहरुको उपचार भइरहेको छ ।

प्रधानमन्त्री मोदीले अहमदाबाद विमान दुर्घटनाका एक मात्र बाँचेका विश्वकुमार रमेशलाई पनि अस्पतालमा भेटेका थिए। प्रधानमन्त्री मोदीले रमेश विश्वकुमार रमेशको हात समातेर हौसला दिएका छन्।