बेलका, उदयपुर , करिब ३ बर्ष अगाडी वैदेशिक रोजगारीका लागि मलेसियाको सेक्युरिटी गार्डमा पुगेका देबकु धामी उतै अस्ताएका छन्। उदयपुरको बेलका नगरपालिका वडा नम्बर ३ सातपत्रे निवासी बर्ष ४४ का देबकु धामी चौधरीको डिउटी गरी रहेको अवस्थामा नै अचानक मृत्यु भएको छ। उनका छिमेकी तथा स्थानिय जनप्रतिनिधि किशोर चौधरीले दिएको जानकारी अनुसार मृतक देबकु करिव ३ बर्ष अगाडी वैदेशिक रोजगारीका लागि मलेसियाको सेक्युरिटी गार्डमा गएको र यही आउने असार महिना तिर घर आउने तयारीमा थिए तर २०८२/०२/२७ गते बेलुका नेपाली समयअनुसार ०९:३० बजे डिउटीमा रहेको अवस्थामा नै अचानक मृत्यु भएको भन्ने खबर प्राप्त भएको हो।
-फुलु प्रधान




















