सुन्दर हरैंचा। मोटरसाइकल दुर्घटना हुंदा चालकको तिघ्रामा रडले वारपार हुने गरी छेडेर घाइते भएका छन्। मिति २०८२/०२/२६ गते राती अन्दाजी ९:४५ बजे सुन्दर हरैंचा वडा नं. ८ स्थित पाथिभरा मन्दिर नजिकै पूर्व पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकाे बा९७प १३४८ नं.को मोटरसाइकल अनियन्त्रित भई सडकमा बन्दै गरेको कल्भर्टमा ठोक्किएर दुर्घटना हुंदा बेलबारी नगरपालिका वडा १ बस्ने वर्ष २९को शम्भु अधिकारीको दायाँ तिघ्रामा रडले वारपार हुने गरी छेड्दा घाइते भएका हुन् । सशस्त्र प्रहरी बल नेपाल मद्दती तथा सेवा गुल्म सलकपुरबाट खटिएको टोलीले ह्याक सो ब्लेडको सहायताले रड काटी घाइतेको उद्धार पछि आवश्यक उपचारको लागी विराट टिचिङ अस्पताल विराटनगरतर्फ पठाएको छ।
-फुलु प्रधान




















