विराटनगर, जेठ २४ – नेपाल घरेलु तथा साना उद्योग महासंघ (FNCSI) मोरङले आफ्नो ३६औं स्थापना दिवसको अवसरमा उद्योगी, व्यवसायी, उपभोक्ता तथा सम्पूर्ण सदस्य साथीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ।
महासंघका अध्यक्ष चेतन निरौलाले शुभकामना सन्देश जारी गर्दै व्यवसायिक उन्नति तथा प्रगतिका लागि सबैलाई उत्तरोत्तर सफलताको कामना गर्दै, सबै उद्योगी, व्यवसायी तथा महासंघका सदस्यहरूलाई संयुक्त रुपमा आर्थिक प्रगति र उद्यमशीलताको विकासमा जुट्न समेत आह्वान गरेको छ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले २०४७सालमा स्थापना भएर आजसम्म उद्योगी तथा व्यवसायीको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। महासंघले साना तथा घरेलु उद्योगको प्रवर्द्धन, व्यवसायिक क्षमता विकास तथा उद्यमशीलता वृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।




















