विराटनगर।,रुकुम पश्चिम,ठूली भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर एक जनाको ज्यान गएको छ भने एकैघरका दुईजना बेपत्ता भएका छन् ।
आठबिसकोट नगरपालिका-९ का स्थानीयले नदीमा मान्छे बगेको देखेपछि एकजनाको उद्धार गरेका थिए । तर उनको उपचार क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
जाजरकोट नलगाड नगरपालिका-८ बस्ने टेकबहादुर नेपालीकी १६ वर्षीया छोरी भगवतीको ज्यान गएको हो ।स्थानीयले उद्धार गरी उनलाई आठविसकोट नगरपालिका अस्पतालमा लगेका थिए । उपचार क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरि पुनले जानाए ।
'सोही ठाउँ घर भएका सुरेन्द्र कुसारीका वर्ष १२ की छोरी आशा र वर्ष १० का छोरा महेश बेपत्ता भएका छन्।




















