विराटनगर।महानगरपालिकाका उप–प्रमुख शिल्पा निराला कार्कीले स्थानीय तहका प्रमुख र उप–प्रमुखको सम्बन्ध विराटनगर महानगरपालिकाको जस्तो हुनु पर्छ भन्ने धारणा व्यक्त गरेकी छिन ।
शुक्रबारदेखि विराटनगरमा सुरु भएको स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षको २ दिने राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा आगन्तुकलाई स्वागत गर्दै विराटनगर महानगरपालिकाका उपप्रमुख कार्कीले भनिन्– नेपाल अधिराज्य भरिका स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षको राष्ट्रिय सम्मेलन विराटनगरमा सुरु भएको छ ।
७५ प्रतिशत महिला स्थानीय तहको उप–प्रमुख तथा उपाध्यक्षमा निर्वाचित रहेको अवस्था छ । यस्तो अवस्थामा विराटनगर महानगरपालिकाले आयोजना गरेको उप–प्रमुख तथा उपाध्यक्षको राष्ट्रिय सम्मेलनको अध्यक्षता उप–प्रमुखको हैसियतले मेरो दाबी रहन्छ तर प्रमुख नागेश कोइरालाले सम्मेलनको अध्यक्षता गरिरहेका छन् ।




















