रूवायर मलाई आफू हास्न सिकेर गई
म भित्र भएका सबै खुसीहरू झिकेर गई
भन्न त आफूलाई सधै अमूल्य छु भन्थि
हेर्दा हेर्दै पराई को कौडीमा बिकेर गई !
मुक्तक-:२
कसैको बोल्ने कसैको नबोल्ने लत हुन सक्छ
कसैको मौनताको पछि गहिरो खत हुन सक्छ
मुहार हेरेर झट्ट भर गर्ने गल्ति कदापि नगर्नु
कैले कैले हतारको निर्णय गलत हुन सक्छ !
मुक्तक-:३
कसैको लागि उग्र भइयो होला कसैको लागि मत्थर
कसैको लागि दुर्गन्ध भइयो होला कसैको लागि अत्तर
यहाँ नआफूले सोचे जस्तो भयो नअरूले सोचे जस्तो
कसैको लागि देवता भइयो होला कसैको लागि पत्थर
मुक्तक -:४
उ विष भए विष तर भए तर हुनु पर्छ भन्ने छर
उ उग्र भए उग्र मत्थर भए मत्थर हुनु पर्छ भन्ने छर
स्वतन्त्रता झुसी हुनु पर्छ जीवनमा स्व-खुसी हुनु पर्छ
उ फूल भए फूल पत्थर भए पत्थर हुनु पर्छ भन्ने छर !
लब खड्का
बुढानिलकण्ठ हात्तिगाँडा काठमाडौ ६
जय भद्रकाली !




















