कहिले हिमाल बनेर 

कहिले पहाड बनेर 

कहिले समथर तराई बनेर

तिमी सधैँ मुस्कुराइरहन्छौ, प्रिय प्रकृति

कहिले बतास भनेर 

कहिले हुरी बनेर

कहिले पानी बनेर 

कहिले भल बनेर 

कहिले बाढी बनेर

तिमी निरन्तर सृष्टि धानिरहन्छौ, प्रिय प्रकृति

कहिले घाम बनेर 

कहिले जून बनेर

कहिले बिहानी बनेर 

कहिले साँझ बनेर

जोगाइरहन्छौ सत, प्रिय प्रकृति

हरेक फूलका बोटहरूमा

हरेक रुखका हाँगाहरूमा

ठोकिएर बताससँगै लहलहाइरहन्छौ

तिमी छौ र खास छ 

तिमी छौ र सास छ

हो प्रिय प्रकृति

तिमी छौ र म छु भन्ने आभास छ।


नवराज पोखरेल नवशिला।

(विश्व वातावरण दिवस,