विराटनगर।विपद्जन्य घटनाको पूर्वअभ्यास गर्ने क्रममा कोशी ब्यारेजबाट दुई गोताखोर बेपत्ता भएका छन् ।
बिहीबार दिउँसो कोशी ब्यारेजको सप्तरी क्षेत्रमा पूर्वअभ्यास गर्ने क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता भएका हुन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार मनसुनको समयमा हुन सक्ने विपद्जन्य घटनाको पूर्वअभ्यास कार्यक्रम राखिएको थियो । कार्यक्रमको तयारीका लागि अभ्यास गर्ने क्रममा गोताखोर बेपत्ता भएको हो।




















