बिराटनगर ४का यूवा रोचक पराजुलीले सरल र सहज बिवाह गरि समाजलाई नमुना देखाएका छन ।
धरान निवासी सलिना ढुङ्गाना
सङ्ग मागि बिवाह गरेका पराजुलीले पिञ्डेश्वर मन्दिर धरानमा गइ अत्यान्तै सादा शैलीमा बिवाह सम्पन्न गरेका छन।
सादा एक जोडी कपडा बेहुली पक्षमा सात,आठ जना र बेहुली पक्षका ६|७ जना जम्मा भएर हिन्दु संस्कार अनुसार बिवाह सम्पन्न भएको छ ।
माँगी बिवाह का जन्ति बनेका सन्तोष आचार्य ले भने आजको यो रवाफ र बिडम्बना बिवाहाको लागि यो बिवाह एउटा नमुना प्रयोग हो जुन आजको नेपाली समाजमा आवश्यक छ ।
एक दमै थोरै खर्चमा सम्पन्न यो र यस्ता बिवाहालाई समाजले प्रोत्साहन गर्न पर्ने जन्ति सहभागि प्रेक्षिका नेउपानेले बताइन ।
आपसी समझदारीमा सम्पन्न यो बिवाहकर्म गर्न पाएकोमा बेहुलाका बाबु सूर्य पराजुली र दाई लक्ष्मण पराजुलीले खुसी ब्याक्त गरे
समाजलाई केही न केही नयाँ कुरा दिने इच्छाले अत्यान्तै न्यूनतम खर्चमा आफसी सम्बन्ध बनाउन यो बैवाहिककर्म गर्दा आफूलाई खुसी लागेको बेहुला बेहुलीले बताएका छन ।
आयोजना गर्नै कठीन बन्दै सम्भ्रान्त बन्दैगएको बिवाह कार्यक्रमहरूबाट पिडा अनुभव गरेका अभिभावक र आम तन्नेरी हरूको लागि आफू उदाहरण बनेका रोचक+ सालिना लाई बधाई दिनेको राम्रै भिड लागेको छ ।




















