अचेल मलाई मौसम पनि बेइमानी पो लाग्न थाल्यो
पढाइ लेखाइ गर्नेहरू नै अज्ञानी पो लाग्न थाल्यो।
फुलमा अचेल सुवास छैन ताराहरु चम्कँदैनन्
यो बसन्त बहार मलाई नादानी पो लाग्न थाल्यो।
यो प्रकृति यो सरोवर, जून र घाम नि स्वार्थी भए
मन्द चल्ने बतास अचेल सुनामी पो लाग्न थाल्यो।
बुद्ध थिए हाम्रो देशमा भृकुटी र सीता थिए
सुन्दा हिजो आज सबै कहानी पो लाग्न थाल्यो।
सधैँ बकवास कुरा गर्ने उखान टुक्का सुनाईरहने
देशका नेता जति सबै हरामी पो लाग्न थाल्यो।
नवशिला।
बेलबारी - २ नवदेव मार्ग, लालभित्ती, मोरङ।




















