विराटनगर । विराटनगर महानगरपालिकाले आगामी (जेठ २३ र २४) शुक्रबार र शनिबार स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । संविधानले उपप्रमुख तथा उपाध्यक्षहरुलाई क्षेत्राधिकार तोकेका विषयमा अनुभव साटासाट तथा अझै परिस्कृत कार्यसम्पादनका लागि संवाद गर्न राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको हो ।

शुक्रबार र शनिबार हुने राष्ट्रिय सम्मेलनमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाबाट २९१ ज्ना उपप्रमुख तथा उपाध्यक्षहरुको उपस्थिति हुने विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले बताएकी छन् ।