विराटनगर। काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बनमा परेका छन् ।महानगरका कार्यकारी प्रमुख सरोज गुरागाईँले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।यसअघि प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई स्पष्टीकरण सोधे पनि चित्तबुझ्दो जवाफ नदिए पछि उनी निलम्बनमा परेको जानकारी दिएको छ ।
गत चैत २१ गते कार्यालयमा हाजिर हुने क्रममा हुलहुज्जत गरेको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधिएको थियो। पाण्डेले चित्तबुझ्दो जवाफ नदिएपछि ६ महिनाको लागि निलम्बन गरिएको हो ।




















