अन्तस्करणमा

शुद्धीकरणको                        

भावना जगाई हेरौ 

मानव जीवनमा

पबित्र भावनाको  संगीतमय

धुन बज्छ 


 द्वेष  इर्षा त्यागी हेरौ 

हृदयमा ईश्वरको

आभास पाइन्छ 


उदारमय जीवन संगै 

आनन्दको घण्टी  बज्छ 

पत्र पत्रमा कमल फुल्छ

अनि जीवनमा 

खुशी  छाउछ 


स्वच्छ  भावनाको 

आभास संगै 

जीवनमा  नबिनता 

थप्दै जाऔ 

कलुषित भावना  त्याग्दै 

जादा 


सुर्यको लालिमा संगै 

जीवनलाई उल्लासित बनाउदै 

जाऔ 

नम्रतामा पबित्र  भावना जाग्छ


अनि क्रोध गर्दा

मौन रहन्छ 

मानव  मानवमा सौहाद्रताको 

भावना राख्दा

जीवन प्रफुल्लताले भरिन्छ 


जीवनलाई  स्वर्णिम बनाउन 

रमणीय  बाटिका सिगार्न 

गुलाफमा 

महक फैलाउन 

अनि जीवनमा 

सुरिलो संगीत  छर्न 


अन्तस्करणमा 

शुद्धीकरणको भावना 

जगाई हेरौ त 

गुरास फुलेर 

जीवन  यौवन बन्छ 


जस्ले जीवनमा नौलो  

आयम थपिन्छ  

 जुन स्वर्णिम   हुन्छ ।

गंगा लिगल