विराटनगर।कोशी प्रदेश सरकारले संविधानविपरीत राइड सेयरिङ नियमावली ल्याएको भन्दै यातायात व्यवसायीले ७ बुँदे मागसहित सोमबार देशैभरीका सार्वजनिक यातायात चलाएका छैनन् । सार्वजनिक सवारी साधान नचल्दा एकातिर यात्रुहरुले सास्ती भोग्नु परेको छ भने अर्कोतिर अरुबेला अस्तव्यस्त हुने सडकहरु खुला खुला देखिएका छन् ।
विराटनगर उपत्यकामा पनि लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन चलेका छैनन् ।




















