काठमाडौं ।बरिष्ठ साहित्यकार गणेश रसिकको निधन भएको छ ।
ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको हो । ७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए ।
रसिककी छोरी बेलायतबाट भोलि नेपाल फर्किएपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।




















