काठमाडौ।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष बल्लभप्रसाद दाहालले अध्यक्ष थापा प्रहरी नियन्त्रणमा रहेको पुष्टि गरेका छन् ।

राजावादीको जनआन्दोलन काठमाडौँमा जारी रहेको बेला आइतबार थापालाई नक्साल स्थित नारायण चौरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

अध्यक्ष थापा सँगै शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिम्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।