विराटनगर।साहित्यकार तथा पूर्व पत्रकार विजय चालिसेको शुक्रबार निधन भएको छ । ७४ वर्षीय उनको आज बिहान साढे ९ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएका छन् ।
गोकर्णेश्वर नगरपालिका–९ निवासी चालिसेको अहिले गोकर्णेश्वर महादेव मन्दिर परिसरमा अन्त्येष्टी गरिने भएको छ ।
२००८ साल असार २२ गने जोरपाटीको आरुबारीमा जन्मिएका चालिसे कुनैबेला गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादकसमेत रहेका थिए ।
चालिसेले पत्रकारिता, आख्यान, विज्ञान आख्यान एवं बालसाहित्य समेत दर्जनौं किताबहरु लेखेका छन् ।
केही समयअघि मात्रै उनको 'युगसन्धि' नामक उपन्यास बजारमा सार्बजनिक भएको थियो । चालिसे आख्यानकार रमेश विकलका पुत्र हुन् ।




















