विराटनगर।आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमामा आंशिकदेखि साधारण बदली रहने भएपनि बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली हुने भएको छ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव देखिन थालेको र पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहिरहेकै अवस्थामा आज दिउँसो र राती कोशी प्रदेशका केही स्थानमा, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ ।




















