विराटनगर।विराटनगर निवासी पूर्वमन्त्री लालबाबु पण्डितकी जीवनसंगिनी बिमला महतको १२:४५ बजे निधन भएको छ। पण्डितले सामाजिक सञ्जालमार्फत यो दुःखद खबर सार्वजनिक गरेका छन्।
महतलाई मायसाइटिस रोग लागेको थियो, जसले मांसपेशी कमजोर बनाउँछ।
स्व. महतको जन्म वि.सं. २०२२ साल असोज २ गते भएको थियो। लामो समयदेखि स्वास्थ्य समस्यासँग संघर्ष गर्दै आएकी महतको निधनले उनको परिवार र शुभचिन्तकहरूलाई ठूलो क्षति पुर्याएको छ।




















