संसद भवनमा प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित
- जेठ १४, २०८२
- ३३३ पटक पढिएको
काठमाडौं । गृहमन्त्रीको राजीनामाको माग राख्दै विपक्षी दलका सांसदहरुको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामाको माग गर्दै बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांससहरुले संसद अवरोध गरेका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाको लागि स्थगित भएको जानकारी दिएका छन् ।




















