विराटनगर।स्प्रिङ कोब्रा’ नामको गोमन सर्प विराटनगरमा फेला परेको छ । परैबाट विष वमन गर्ने यो खतरनाक प्रजातिको गोमन सर्प हो । 

विराटनगर ४ स्थित नोबेल अस्पताल पछाडि डा. सुनील शर्माको निवासमा  मंगलबार भेटिएको हो । सर्प उद्धार टोलीले उक्त सर्पलाई नियन्त्रणमा लिएर जिल्ला वन कार्यालय मोरङमा बुझाएको छ । उद्धारको क्रममा सर्पले परैबाट विष फाल्दा महानगरपालिकाका उद्धारकर्ता शम्भु घिमिरेको शरीरमा परेको बताइएको छ ।

उनी हाल कोशी अस्पताल, विराटनगरको आकस्मिक कक्षमा स्वास्थ्यकर्मीको निगरानीमा छन् । उनको स्वास्थ्य स्थिति खतरामुक्त रहेको जनाइएको छ ।