विराटनगर ।झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत घरमै मृत भेटिएका छन् । बिर्तामोड नगरपालिका–१ स्थित आफ्नै निवासमा बस्नेत झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

समाजसेवा, व्यवसाय र संस्थागत नेतृत्वमा सक्रिय भूमिका निर्वाह गर्दै आएका बस्नेत थुप्रै संघ–संस्थामा आवद्ध थिए । उनी झापा गोल्डकप आयोजक समितिका पूर्वअध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष, वीरता जेसिज र रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्षसमेत थिए ।