काठमाडौं। इजरायलमा आक्रमण गरेपछि कट्टरपन्थी समूह हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको आशमका गरिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र अर्का इजरायली अधिकारीले समेत विपिन जीवितै रहेको संकेत नदेखिएको बताएका छन् ।
हमासले बन्ध बनाएका तर अहिलेसम्म नछाडेका बन्धकहरूमध्ये केही जीवितै रहेको र केहीको मृत्यु भइसकेको इजरायलले कहिले नै बताएको थियो ।




















