विराटनगर।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले प्रदेशमा निर्माण हुने ठूला जलविद्युत परियोजनामा नागरिकको नाममा लगानी गर्ने भएका छन् ।
नेकपा एमाले कोशी प्रदेश उर्जा, जलश्रोत तथा सिंचाई विभागद्वारा आज विराटनगरमा आयोजित प्रदेशको समृद्धिका लागि जलस्रोत एवं उर्जा विषयक कार्यशाला गोष्ठीमा उनले प्रदेश सरकारले नीति एवं कानून निर्माण गरि कोष मार्फत यस क्षेत्रका गरिवीका रेखामुनी रहेका ११ प्रतिशत जनताको नाममा शेयर लगानी गर्ने जानकारी दिएका हुन्।
उनले सुनसरी, मोरङ ,झापा र इलामको दक्षिण क्षेत्रका जनताको समृद्धिमा रहेको महत्वपूर्ण योजना ‘तमोर चिसाङ्ग डाइभर्सन ’ रहेको छ भन्दै यसमार्फत विद्युत, यहाँका नागरिकले विद्युत खानेपानी, सिंचाई प्राप्त गर्नुका साथै पर्यटकको आवागमन वृद्धि हुनाले यसको निर्माण कार्य चाँडै नै अगाडि वढाउने बताएका छन् ।




















