धरान । सानै उमेरमा ठूलो पर्दाको चलचित्रमा अभिनय गरेकी धरान–१५ स्थित के.के. इन्टरनेशनल स्कुलकी छात्रा नमीक्षा मगरलाई विद्यालयले सम्मान गरेको छ ।
कक्षा ७ मा अध्ययनरत नमीक्षाले नेपाली चलचित्र ‘अन्जिला’ मा बालकालाकारको रूपमा जीवन्त अभिनय गरेकी छन् । नेपाली कलाकारिता क्षेत्रमा सानै उमेरदेखि उल्लेखनीय योगदान पु¥याएको भन्दै अभिनय, मेहनत, र प्रतिभाका लागि सम्मान गरिएको विद्यालयले जनाएको छ । अभिभावकका ेउपस्थितिमा बुधबार उनलाई विद्यालयका प्रिन्सिपल हरिश्चन्द्र बुढाथोकीले सम्मान गरेका थिए ।
सन् २०२२ मा लघु चलचित्र ‘किताब’, सन् २०२३ मा ‘प्रभू कति महान्’ र सन् २०२४ मा ‘श्रमदान’ तथा फुटबल खेलाडी अन्जिला सुब्बाको जीवनकथामा आधारित ठूलो पर्दाको ‘अन्जिला’ मा अभिनय गरेकी छन् । हाल उनी नेपाली टेलिशृङ्खला ‘कुरै नगरौँ’ मा अभिनय गरिरहेकी छन् ।




















