विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ शिवाईमा त्रियुगा नदीले यात्रु बस बगाएको छ । सोमबार राती जन्ती लिएर फर्किएको को१ख ४७५३ नम्बरको यात्रुबस त्रियुगा नदीमा ह्यूमपाइप लगाएर बनाइएको अस्थायी कल्भर्टमा फसेको थियो ।
अविरल बर्षापछि त्रियुगा नदीमा आएको बाढीले मंगलबार विहान उक्त बस बगाउनुका साथै कल्भर्टसमेत कटान गरेपछि शिवाई र बेल्टार जोड्ने सडक सम्पर्क टुटेको छ ।
नदीमा फसेको बस तत्कालै निकाल्न नसक्दा बाढीले करीव १० फिट तलसम्म बस बगाएको प्रहरीले जनाएको छ ।
त्रियुगाको बाढीले बगाएको बस केहिबेर अघि इलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरी टोलीको सहायतामा क्रेनले तानेर निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।




















