विराटनगर। भारतको जम्मु कश्मिरमा आतंकवादी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आज राति स्वदेश ल्याउने भएको छ ।
परराष्ट्र मन्त्रालयको पहलपछि सुदीपको शव आजै नेपाल ल्याउन लागिएको हो । सुदीपको शव श्रीनगरबाट नयाँदिल्ली हुँदै लखनऊसम्म हवाइजहाजमा र त्यहाँबाट नेपाल-भारत सीमानाकासम्म एम्बुलेन्सबाट ल्याउन लागिएको बुटवल उपमहानगरपालिका-१४ का वडाध्यक्ष दधीराम न्यौपानेले जानकारी दिएका छन्।
मंगलवार भारतको जम्मू कश्मिरको पहलगाममा आतंकवादी हमला हुँदा बुटवल उपमहानगरपालिका-१४ का २७ वर्षीय सुदीप न्यौपानेको मृत्यु भएको थियो । सुदीप वैशाख ६ गते आमा र बहिनीज्वाइँसहित भारत घुम्न गएका थिए।
यो घटनामा एक जना नेपालीसहित २६ जनाको मृत्यु भएको थियो ।




















