भारतको। जम्मु कश्मीर राज्यमा मंगलबार आंतककारी आक्रमण भएको छ । आंतककारीको आक्रमणमा परेर ३० पर्यटकको मृत्यु भएको छ । २० पर्यटक घाइते भएका छन् । मृत्यु भएका मध्ये केही भर्खरै वैवाहिक बन्धनमा बाधिएका दम्पत्ती रहेका छन् । र उनीहरू हनिमुन मनाउन जम्मु कश्मीर पुगेका थिए ।  मृत्यु भएको केही विदेशी पर्यटक रहेका छन् ।

पहलगामको सिमसार क्षेत्रमा प्रत्येक वर्ष गर्मीको बेला लाखौँ स्वदेशी तथा विदेशी पर्यटक घुम्न जाने गर्दछन् । पहलगाम शहरदेखि १० किलोमिटर क्षेत्रफलको दुरीमा रहेको पहलगाम पर्यटकीय क्षेत्रमा मोबाइल टावरले काम नगर्ने र सुरक्षाकर्मी नभएको बेला त्यसको फाइदा उठाउँदै पाकिस्तानी र स्थानिय जम्मु कश्मीरका ७ जना आंतकारीको समूहले मंगलबार दिनको करिब ३ बजेको समयमा पर्यटक माथि आक्रमण गरेका थिए ।

पहलगामको पहाडी र जङ्गल क्षेत्रमा घोडामा सवार पर्यटकलाई आतंककारीहरुले पेन्ट खोल्न लगाएर लिङ्गको आधारमा धर्मको पहिचान गरेर हिन्दु पर्यटक माथि छानी छानी गोली हानेर हत्या गरेका थिए । आंतककारी समूहले टाउकोमा लगाएको हेलमेटमा सिसि टिभी क्यामरा जडान गरेका थिए । र अत्याधुनिक हतियारले पर्यटकलाई छानी छानी गोली हानेर हत्या गरेको भिडियो बनाएर लगेका छन् ।

जम्मु कश्मीरमा गैर भाजपा नेतृत्वको सरकार छ । तर शान्ति सुरक्षाको जिम्मेवारी भारतको केन्द्रिय सरकार मातहत रहेको छ ।

जम्मु कश्मीर लामो समयदेखि आतंककारी आक्रममको निसानामा रहेको छ । तर भारतको केन्द्रिय सरकारको सुरक्षा लापरवाहीले मंगलबार ३० जना पर्यटकको मृत्यु र २० जना पर्यटक घाइते भएका छन् । केही दिन अगाडी आतंककारी समूहले भारतको पर्यटकीय स्थलमा आक्रमण गर्ने चेतावनी दिएका थिए । तर सरकारको सुरक्षातन्त्र फेलियर हुँदा यस्तो आतंककारी घटना घटेको हो । जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुलाले मृक्तकका परिवारलाई १० लाख र घाइतेलाई १ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्