रंगेली।मोरङ्ग मुलुकका उत्कृष्ट कविताहरू मध्ये बाट नेपालको मोरङ्ग जिल्ला रङ्गेली नपा वडा नं ९ दोहमनाका चिरञ्जीवी काफ्ले प्रथम हुन सफल भएका छन्
कवि चिरञ्जीवी काफ्ले बिभिन्न साहित्यिक संस्थामा आबद्ध रही भाषा कला र साहित्यको अनवरत सेवा पुर्याइ रहेका थिए। शिक्षण पेसामा संलग्न कवि चिरञ्जीवी काफ्ले नेपाल शिक्षक महासंघ रङ्गेलीको अध्यक्ष छन्दवाटिका नेपालको सचिव रङ्गेली साहित्य कला समाजको सचिव लगायत बिभिन्न सामाजिक संघसंस्थामा आवद्ध पनि छन्।
उक्त प्रतियोगिता गजेन्द्र सिंह क्षेत्री स्मृति रम्बास कविता आयोजना समिति २०२५ ले आयोजना गरेको थियो ।





















