विराटनगर।राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले आइतबार विराटनगरमा सिटी जुलुस निकालेका छन् । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन सहित ७ जना नेतालाई पक्राउ गरेको विरुद्ध राप्रपा मोरङले सिटी जुलुस निकालेर शक्ति प्रदर्शन गरेका हुन् ।

साथै पार्टीका केन्द्रीय अध्यक्ष सहितका नेताहरूलाई पक्राउ पुर्जी आदेश दिने गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । राप्रपा संसदीय दलको कार्यालय सिहदरवारमा आइतबार बैठक गरिरहेको बेला उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेका थिए ।

अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही र राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगरको गोल्छा चौकबाट निस्केको सिटी जुलुस ट्राफिक चौकमा पुगेर समापन भएको थियो ।