काठमाडौ।बुढानिलकण्ठ २०८२/१/ ५ साहित्यकार लब खड्का ( जय भद्रकाली )बुढानिलकण्ठ नगर पालिका का मेयर श्री मिठाराम अधिकारी उप-मेयर अनिता लामा ,वडा अध्क्षय श्री रबी खड्का द्वारा सम्मानित भएका छन्।

 वरिष्ठ अतिथि मेयर श्री मिठाराम अधिकारीले सोही वडामा बसोबास गरि लामोसमय देखि साहित्य विधामा कलम चलाउँदै आएका खड्कालाई शुक्रवार सम्मान पत्र प्रदान गरी र दोसल्ला ओडाइ सम्मान गरेका हुन 

प्रमुख अतिथिमा :- बुढानिलकण्ठ नगर पालिका का उप मेयर:-अनिता लामा र 

बुढानिलकण्ठ वडा नं-६ का वडा अध्यक्ष श्री रबि खड्काको अध्यक्षता मा भएको कार्यक्रमको स्वागत भने सोही वडाका वडा सदस्य राजु भण्डारीले गरेका थिए।

बुढानिलकण्ठ नगर पालिका वडा  नं - ६ को नया प्रशासकीय भवन को सिलान्यास समारोहमा  वडामा बसोबास गरि वडा विकासको गतिबिधीमा सहयोग पुर्याउँने विभिन्न व्यक्तित्वहरू लाई सम्मान गर्ने क्रममा साहित्य तर्फबाट खड्का पनि सम्मानित भएका हुन्। कार्यक्रम संचालन सोही वडाका वडा सदस्य मुना महर्जको रहेको थियो ! 

साहित्यकार श्री लब खड्का ( जय भद्रकाली ) लामो समयदेखी लेखन लाई आफ्नो पूजा र आरधना गर्दै साहित्यिक क्षेत्रमा निरन्तर लागी रहेका छन्।


Messenger_creation_42B3F2B7-9165-4377-95F8-5E8B2D2144B7