विराटनगर। नेकपा एमाले विराटनगर महानगरको दोस्रो महानगर अधिवेशनमा हिमा मैनाली पोखरेलले उपसचिव पदमा उम्मेदवारी दिएकि छन्।

बौद्धिक व्यक्तित्वका रुपमा चिनिएकी पोखरेलको उम्मेदवारीलाई लिएर धेरैले चासो राखेका थिए। झापा जिल्लामा जन्मिएकी उनि विगत २०६० सालदेखि विराटनगरमा स्थायी बसोबास गर्दै आएकी हुन्। 

एमाले महानगर कमिटीकी निवर्तमान सचिवालय सदस्य समेत रहेकी उनले नेकपा एमाले १२ नम्बर वडाको लामो समयसम्म सचिवको पदमा कार्यक्रम चलाउदै आएकी थिइन।उनि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा मास्टर्स लेबलका विद्यार्थीहरुलाई अध्यापन गराउदै आएकी छन्।