विराटनगर।वैशाख २ नेपाल प्रेस इन्स्टिच्युटले विराटनगर १०स्थित ६ दिने पत्रकारिता तालिम सुरु गरिएको छ। मंगलबार एक औपचारिक कार्यक्रमका बीच तालिमको समुद्घाटन भएको हो।

कार्यक्रममा नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष मोहन भण्डारी, सञ्चारकर्मी बन्धु पोखरेल, यज्ञप्रसाद शर्मा रविराटनगर इन्स्टिच्युटका संयोजक विरेन्द्र शर्माको विशेष उपस्थिति रहेको थियो।

१६ जना प्रशिक्षार्थी सहभागी रहेको उक्त तालिम नेपाल प्रेस इन्स्टिच्युटले अघिल्लो समयमा तालिम लिइसकेका विद्यार्थीहरूलाई पूर्ण रिफ्रेसमेन्ट दिने उद्देश्यले आयोजना गरिएको हो। तालिमको पहिलो दिन सञ्चारकर्मी यज्ञप्रसाद शर्माले प्रशिक्षण गराएका थिए।तालीम इन्स्टिच्युटको भवनमा भइरहेको छ।