विराटनगर।बैशाख १ गते साहित्य दिवसको अवसरमा  जेष्ठ   साहित्यकार कृष्णराज कोइराला लाई चारु प्रतिष्ठानको अध्यक्ष डाक्टर देवीपन्थी लगायत सम्पूर्ण संस्थाका साहित्यकारहरू र पत्रकारहरूले  उनकै निज निवसमा गएर सम्मान गरेका छन् ।

यसमा विराट साहित्य संगमका सम्पादक  रामबाबु दाहाल,११ वडाका अध्यक्ष तिथेन्द्र न्यौपाने, चेतना प्रतिष्ठानका हरिप्रसाद बराल, समकालीन साहित्य चौतारीबाट प्रिन्स प्रमोद ढकाल, झोरहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाई , खोटाङ समाजका रोहिणी रसिक,  पत्रकार माधव घिमिरे, चलचित्र कलाकार दशरथ

शाह,नोबेल साकोसकी साहित्यकार सुजाता राईको सहभागी रह्यो।

जेष्ठ नागरिक कोइरालाले २०१७ सालदेखि हालसम्म निरन्तर रूपमा लेखिरहने साहित्यका विभिन्न विधामा कलम चलाइरहने जनचेतना जगाउने गीतहरु पनि गाउँने गरेका छन् । डा.पन्थीको भनाइ अनुसार उनी केही न केही लेखिनै रहने बताएका छन्।

वैशाख १ गते घामको  पहिलो झुल्को  सँगसँगै दुईवटाको कुरा जानकारी डा. पन्थीले जानकारी दिएका छन्। पहिलो जानकारी साहित्री सम्बर्धन केन्द्र काठमाडौमा रहेको छ। २०७१ सालदेखि बैशाख १ गतेका दिन साहित्य दिवस भनेर मनाउँदै आइरहेको थियो।  तर मोफसलमा  मनाउने गरेको थिएन । यो सालदेखि हरेक वर्ष वैशाख १ गतेका दिन विराटनगरमा प्रातकालमा स्नान गरेर शुद्ध भएर पूजापाठ गरेर साहित्यलाई सम्झना  गर्दै यो सालबाट हरेक वर्ष १ गते सम्झिने भन्ने निर्णय गरेका हुन्। काठमाडौँमा ७० रोपनी जग्गामा विशाल भवन बन्दैछ यसको उद्देश्य चाहिँ काठमाडौँमा जाँदा खाना बस्न को व्यवस्था गर्ने रहेको छ। देशविदेशमा भएका साहित्यलाई माया गर्ने सम्पूर्ण साहित्यकारहरू नेपाल सरकार र स्थानीय सरकार साहित्यकारहरुले पुँजी निर्माण गरेका छन्। यो भवन तयार गरिसकेपछि नेपालको जुनसुकै ठाउँमा रहेका साहित्यकारहरू र देशविदेशमा रहेका साहित्यकारहरूलाई आश्रम प्राप्त गर्नेछन् । त्यहाँ बसेका विभिन्न विषयमा पुस्तकहरू लेखेका हुन्छन् त्यहाँ लेखेका पुस्तकहरू उपयुक्त ठानेमा प्रकाशन पनि हुनेछ। आधुनिक  नेपाली साहित्यको  अढाई सय वर्षको उमेर भएको छ। यो बीचमा नेपाली साहित्य निकै समृद्ध भएको छ। भाषाको कारणले गर्दा हाम्रो साहित्य कुन स्तरमा छ। विश्व साहित्यको तुलनामा यो कुराको जानकारी अन्य भाषीका साहित्यकारहरुलाई थाहा छैन। त्यसकारण हाम्रो लागि नेपाली साहित्य राम्रा राम्रा पुस्तकहरूलाई अनुवाद गर्ने यो संस्थाले उद्देश्य रहेको  छ। 

दोस्रो कुरा वर्षभरि नेपाली भाषाका प्रकाशित गरेका पुस्तकहरूलाई सो केन्द्रमा पुर्याउने दुई दुई प्रति  पुर्याउने र समीक्षा कार्य गर्दछन्। यो मध्ये २०८१ सालको पुस्तक साहित्य  संवर्धन वर्ष साहित्य पुस्तक पनि प्रकाशित २०८२ गते भएको छ। साहित्यकारहरूको विभिन्न छोटो  एक एक पेजमा छोटो समीक्षा सुक्ष्म  रूपमा रहेको हुन्छ। यसले गर्दा कुन -कुन पुस्तकहरू वर्षभरिमा प्रकाशित भयो भन्ने अभिलेख हुन्छ। सँगसँगै राम्रा राम्रा पुस्तकहरूलाई प्रकाशन गर्ने अनुभव गर्ने साहित्यकारहरूलाई सहयोग गर्ने अनि विभिन्न साहित्यमा कुनै विधामा विशेष योगदान गर्नेलाई  बैशाख १ गते बिहान ७•३० बजे सम्मान गर्ने गर्दछ। 

  यो कार्यक्रम काठमाडौमा भए अनुसार २०८२ साल बैशाख १ गतेदेखि विराटनगरमा सञ्चालन  भएको छ।यो  संस्था विसुद्ध गैर राजनीतिक संस्था हो।  यसमा कसैलाई पनि उसको आस्था र बिचारलाई हेर्ने छैन। मात्रा योगदानलाई हेर्ने छ । यसमा सम्पुर्ण साहित्यकारहरुले सहयोग गर्नु हुनेछ। भन्ने अपेक्षाका साथ स्वागत गर्दै  यो संस्थामा चारु प्रतिष्ठानको ठुलो योगदान रहेको  चारुका अध्यक्ष पन्थीले जानकारी दिएका छन्।

Messenger_creation_C2E7F65A-93C2-4044-AB75-CAE05EC2211D