अड्डासार गरी लाने निहुँमा नख्खुकै वर
एकतीस छ यो साल हाने गाेली कठैबर।
लीला ठगी र गाेकर्ण मारिए दिन मध्यमै
दाहाल दुई हुन् एक कार्की वंश घटेर नै।।
वयालिस् सालमा पड्के आफूमै बमबारुद
अन्नपूर्ण भयो ध्वस्त सिंहदर्वार आरुढ।
मरे दुई भए चिन्ता राज्य सत्ता भयो पशु
निरङ्कुश मिली जम्मै खरानी अहिले घसूँ।।
यस्ता हत्या र आतङ्क राज्य नै गरी राख्दथ्याे
विराेधी र प्रजातन्त्री खाेजेर जेल हाल्दथ्याे।
सेवा निजामती सेना प्रहरी र जतासुकै
प्रवेश हुन्नथ्याे अर्काे तानाशाही र पञ्चकै ।।
स्वतन्त्रता हिँडे पाउ बुट हुकुम चल्दथे
हत्या हिंसा सबै हेर्थे आवाज जति गल्दथे।
बलात्कारी यिनै तानाशाह हुन्थे जताततै
मागेमा न्याय भन्दिन्थे अ त हाे याे त निश्चितै।।
तैपनि शिरमा राख्न तम्सिन्छन् हेर यी जन
इतिहास पढी सम्झाैँ विवेक गरी मन्थन ।
प्रजातन्त्र गणतन्त्त्र विकल्प हुन्न सत्यकाे
खराबी फाली ताछेर सत्य साम्राज्य हो निको ।।
हरिभक्त सिग्देल ' महेश 'बुढानिलकन्ठ ९ काठमाडौ




















