गुराँस फुल्याे हेरिराैं हुन्छ जाँदैन मन् अन्त ।

रमित लाग्ने डाँडार  पाखा  लागेछ  वसन्त ।

त्याे  पारी पट्टी  हरिया फाँट घमैलाे हुनाले ।

बैशाख  मैना रमैलाे  हुन्छ कलिला मुनाले ।

राष्ट्रका फूल चित्तु चमेली गीतमा लेखौंला ।

हुर्केर जालान् जुरेली चरी बाटैमा भेटौंला ।

चरी र फूल सखीका साथ कविता रचौंला ।

साेरठी भाका गाएर साथी साथैमा बसौंला ।

हिजोको जस्ताे राेग र ब्याधि क्रमस: घटाेस ।

हरेक  साल  पाएझैं   कष्ट  चटक्क  हटाेस ।

खुसीको लहर् सबैका लागी आओस डुलेर ।

पर्यटक् आउन् हिमाल हेर्न याे साल खुलेर ।

जरिर बुटी ओखत मुलाे   हिमाली भेगमा ।

खाद्यान्न बाली फलका बाेट कटुज्जे खेतमा ।

लेकमा चर्ने चौँरी र डाफेँ   नाचेको हेरौंला  ।

हातले  मेराे देशको नाम  शिखर लेखौंला ।

स्वास्थ्य र शिक्षा कृषि सामग्री अछिन्न चलाेस ।

हरेक  बस्ती  बिजुली  बत्ती झलल  बलाेस ।

हिमाली  भेग मध्य पाहाडी तराई  फाँटमा ।

सबैका घर आनन्द छाओस् यो नयाँ सालमा  ।

       शारदा कार्की 

      बिराटनगर १२