ए गत  ! भएर विगत !

तिमी जाँदछाै ! जाउ !

तर

मैमत्ताकाे दरबार 

अविश्वासको महल

कुन्ठित मनका किला

धाेकाकाे जंगल 

दुस्मनीकाे दिवार

क्रुरताकाे पदचाप

स्वार्थकाे झाेला

दुःखका चाङ्ग

असमानताकाे भूगोल

वेदनाकाे पहाड 

कुविचारकाे बादल

दण्डहीनताको वर्षात्

आँसुको झरी

उग्रताकाे नदी

भ्रस्टाचारकाे बाढी 

समवेदनाकाे पहिरो 

बिन आर्थिकताकाे खाडल 

निरंकुशताको हतकडी 

अशिक्षाकाे अँध्यारो 

अयोग्यताकाे सागर

बेरोजगारीका पिरामिड 

परदेशिताकाे हुरी  

अस्थिरताकाे भूइंचालो  

नकारात्मक चिन्तन

आश्वासनकाे पाेकाे

यस्तै यस्तै 

राक्षसरूपी ययावतहरू

जाे जे छन्

ती

सबै सबै सबै

लिएर जाउ  !


जसले निस्फिक्री खाइरहेछ

मेरो मस्तिष्क 

स्मरण शक्ति र सामर्थ्य 

त्यस्तै

राेकेर मेराे प्रगति पथ

बुझाइरहेछ आफ्नो प्यास

पिएर तनतनि

मेराे पसिना र खुन ...!


ए नयाँ वर्ष !

आउदैछाै ! आउ !

तर

विनम्रताकाे आवाज 

शिक्षाको उज्यालो 

प्रविधिको रास

प्राविधिकताकाे जमात 

विकासकाे भण्डार 

अविस्कारिक दिमाग

मेहनतिला हात

सकारात्मक मानसिकता 

स्वतन्त्रताको हठ

नव चिन्तनकाे कदम

आर्थिकताकाे रूपान्तरण

वैभवताकाे खुसी 

निर्धक्कताकाे स्वास 

समृद्धिका इँट्टाहरू

आदि यस्तै यस्तै 

अनेकौं देवरूपी

वातानुकूलित अवयबहरू 

लिएर आउ ...!


ए नयाँ वर्ष   !

सुन्यौं !?

स्वागत छ तिमीलाई !!


म विकास पथकाे

एउटा सामान्य यात्री

नेपालकाे !

प्रिन्स-प्रमाेद कुमार ढकाल

विराटनगर -१०