युवामै छ जाेश युवामै छ शक्ति
युवामै छ देशको जाेशिलाे राष्ट्रभक्ति
युवा बिना शून्यहुन्छ देशको गति
युवा द्वारै हुन्छ देशकाे प्रगति
युवा अस्त्रधार युवानै सूत्रधार
युवानै त हुन् देशकाे कर्णधार
युवाकोनै हुन्छ देशमा महत्व अति
बिग्रिन्छ देश बिग्रे युवाकाे मति
कुशासन अगाडि अड्दछ युवा
सुसाशनकाे लागि लड्दछ युवा
युवानै हुन् सत्य देशकाे मेरूदण्ड
युवामै छ वीरताकाे कथा खण्डखण्ड
युवा आज हुन् र हुन् भविष्य देशको
आन वान सान हुन् विकासी रेसकाे
युवामै देशले सार्थकता पाएकाे छ
युवामै देशप्रति हार्दिकता छाएको छ
युवा देशको लागि दिन्छ आफ्नो ज्यान
युवामै छ देशको पूरा अभिमान
युवा छन् दरा त देश दरा छन्
युवाका देशमा भरेका गरा छन्
युवा बिना देशको हुदैन अस्तित्व
देशका युवाकाे बढाउनु पर्छ व्यक्तित्व
युवामै छ देशको समस्याको हल
ए सरकार ! युवा सँगै बसेर गराैँ छलफल !
प्रिन्स-प्रमाेद कुमार ढकाल
विराटनगर -१०




















