विराटनगर।बुटवल एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख ११ गते शक्ति प्रदर्शन गर्ने बताएका छन् । एमाले लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभामा ओलीले लोकतन्त्र दिवसका अवसरमा एमालेनिकट युवा संघले युवा महोत्सव गर्न लागेको बताएका छन् । 

‘म देशभरबाट युवाहरूलाई वैशाख ११ गते काठमाडौंमा हुने युवा महोत्सवमा सरिक हुन आह्वान गर्दछु। उनले भनेका छन्।त्यस युवा सम्मेलनबाट प्रतिक्रियावादी र अराजकतावादीले आफ्नै आँखाले देखून्, आफ्नै कानले सुनून्, युवा शक्ति के हो र एमाले शक्ति कस्तो हो भन्ने ।’ युवाहरूको महोत्सव कुनै विचार गोष्ठी र सम्मेलन नभएर ‘सम्मिलन’ भएको उनले बताएका छन् । राजावादी प्रदर्शनलाई लक्षित गर्दै उनले १ हजार गोजीमा राखिदिएर युवालाई ढुंगा हान्न लगाएर राजतन्त्र नआउने बताए ।

त्यस्तै प्रधानमन्त्री ओलीले नक्कली आईडी र एआईको प्रयोग गरेर अहिले एमाले र एमाले नेतृत्वको बदनाम गर्ने, विरोध गर्ने र प्रचार गर्ने काम भइरहेको भन्दै त्यसमा एमाले पंक्तिले प्रतिवाद गर्न नसकेकोमा असन्तुष्टि व्यक्त गरेका थिए । अनेक खेल भइरहेका छन्,’ उनले भने, ‘हामी आफ्ना प्रचार आफैं हौं, अरुको भर पर्नु जरुरी छैन्, आफैं जान्नु पर्‍यो । आफैं प्रचार गर्नुपर्‍यो । आक्रमणविरुद्धमा जुध्नु पर्‍यो, सत्यको डटेर सामना गर्न सक्नुपर्‍यो ।’

उनले भने हामीले सुकुम्बासी समस्या समाधान गरेर मुक्त कमलरी, गुठी, विश्व विद्यालय, विद्यालय, संघ संस्थालगायतका लुटिएका जग्गा फिर्ता गर्ने र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने प्रयासमा थियौं,’ उनले भने, ‘तर, केही तत्वहरूले डिस्टर्ब गरेको हुनाले अध्यादेश जारी गरेर पनि समस्या भयो ।’

पास गर्न सक्ने अवस्था भए पनि जोरजुलुम गरेर पास नगरिएको र आगामी अधिवेशनबाट सर्वसम्मतिमै पारित गर्ने उनले दाबी गरेका छन्।