बाजुरा । बुढीगंगा नगरपालिका-१ कुँडीमा चट्याङ लागेर ९ महिने नाबालिकाको मृत्यु भएको छ । बुधबार राति ९ बजेको समयमा चट्याङ लागेर सञ्जिता सार्कीकी ९ महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार घरमा चट्याङ पर्दा नाबालिकाको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर अन्दाजी २८ वर्षकी सञ्जिता घाइते भएकाे प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिएका छन् । घाइते सञ्जिताको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।




















