काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संसददेखि सडकसम्म उद्योगी समस्या समाधानका लागि आवाज उठाउने उद्योगी प्रतिनिधि मण्डलसँग प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार काठमाडौँमा उद्योग संगठन मोरङको प्रतिनिधि मण्डलसँग भेटघाट गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना र उपाध्यक्ष विपिन काबरा नेतृत्वको प्रतिनिधि मण्डलको टोली बिहीबार काठमाडौँमा प्रचण्डसँग भेटघाट गरेका हुन् । उद्योग संगठन मोरङको प्रतिनिधि मण्डल प्रचण्डसँग भेटघाट गरिरहँदा नेकपा माओवादी केन्द्रका सङ्घीय सांसद अमनलाल मोदी साथमै रहेका थिए । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट उद्योग मैत्री बनाउन र विद्युतीय संकट समस्या समाधानका लागि राजनीतिक दलबिच साँझा धारणा बनाउन सुझाव दिएका थिए ।