संसददेखि सडकसम्म उद्योगीको पक्षमा आवाज उठाउने प्रचण्डको प्रतिबद्धता
- चैत २८, २०८१
- २९३ पटक पढिएको
काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संसददेखि सडकसम्म उद्योगी समस्या समाधानका लागि आवाज उठाउने उद्योगी प्रतिनिधि मण्डलसँग प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार काठमाडौँमा उद्योग संगठन मोरङको प्रतिनिधि मण्डलसँग भेटघाट गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना र उपाध्यक्ष विपिन काबरा नेतृत्वको प्रतिनिधि मण्डलको टोली बिहीबार काठमाडौँमा प्रचण्डसँग भेटघाट गरेका हुन् । उद्योग संगठन मोरङको प्रतिनिधि मण्डल प्रचण्डसँग भेटघाट गरिरहँदा नेकपा माओवादी केन्द्रका सङ्घीय सांसद अमनलाल मोदी साथमै रहेका थिए । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट उद्योग मैत्री बनाउन र विद्युतीय संकट समस्या समाधानका लागि राजनीतिक दलबिच साँझा धारणा बनाउन सुझाव दिएका थिए ।




















