तेह्रथुमको। कोशी प्रदेश सरकारले भारतबाट धार्मिक पर्यटक भित्र्याउने तयारी गरेको छ । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले भारतको विहार, उत्तर प्रदेश, सिक्किम र पश्चिम बंगालको महत्त्वपूर्ण शक्तिपिठ सँग भगिनी सम्बन्ध कायम गरेर धार्मिक पर्यटक भित्र्याउने तयारी गरिएको पर्यटन वर्ष २०८२ को शुभारम्भ समारोहमा जानकारी दिएको हो।
कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेर १० लाख पर्यटक भित्र्याउने अपेक्षा गर्दै पर्यटन वर्ष २०८२ को शुभारम्भ गरेको छ ।
नेपाल सरकारका उपप्रधान एवं सहरी विकाश मन्त्री प्रकाशमान सिंह श्रेष्ठ र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चैत २७ गते बुधबार तेह्रथुम जिल्लाको तीन जुरे मिल्के जलजलेमा पर्यटन वर्ष २०८२ को शुभारम्भ गरेका थिए ।
तेह्रथुमको तिनजुरे स्थित आर.आर. गार्डेनमा कोशी प्रदेश सरकारले आयोजना गरेको पर्यटन वर्ष २०८२ को शुभारम्भ समारोहमा हजारौँ स्थानीयवासी सहभागी थियो ।




















