पाँचथर।नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्वाङ (बैरागी काइँला)लाई मंगलबार पाँचथरमा अभिनन्दन गरिएको छ ।
फाल्गुनन्द गाउँपालिका २ स्थित किराँत धर्मका प्रवर्तक तथा नेपालका १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको समाधिस्थल रहेको धार्मिक क्षेत्र सिलौतीमा आयोजित कार्यक्रममा काइँलालाई अभिनन्दन गरिएको हो ।
साङसेन, माङहिम सेवा समिति नाम्फुङयक सिलौती पाँचथरले आयोजना गरेको कार्यक्रममा उनलाई विशिष्ट अतिथिको आसनबाट संविधान सभा सदस्य अइन्द्रसुन्दर नेम्वाङले अभिनन्दन पत्र प्रदान गर्नुका साथै माङहिम सेवा समितिका पदाधिकारीले दोसल्ला ओढाएर अभिनन्द गरेका थिए ।
पाँचथरको फाल्गुनन्द–३ पौवासारतापमा जन्मेका बैरागी काइँलाले साहित्य साधना र राजनैतिक चेतनासहित नेपाली र लिम्बू भाषा तथा साहित्यमा पुर्याएको योगदानको कदरस्वरुप अभिनन्दन गरिएको आयोजकको भनाइ छ।




















